Techie IT
आईतबार, वैशाख ७,२०८२

अर्थमन्त्रीको राजीनामा माग, वुधबारसम्म संसद बैठक स्थगित


काठमाडौँ। नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद अवरोध गरेको छ ।

एमालेको अवरोधसँगै सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

विनियोजन विधेयकमाथिको छलफलका बाँकी प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख सापकोटाले जानकारी दिए ।

असम्बन्धित व्यक्तिले बजेटमा करको दररेट हेरफेर गरेकोमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको हो ।

घटनाको छानबिनका लागि एमालेले समिति गठनको माग समेत गरेको छ ।

समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिएका थिए ।

त्यसपछि उनले शर्माको भूमिकाको आलोचना गर्दै उनको राजीनामा मागसहित छानबिन समिति बनाउन माग गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545