खानेपानीको गुणस्तर कायम गर्न सरकार प्रतिबद्ध छ : खानेपानी मन्त्री

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ ।
विनियोजन विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले सबैखाले खानेपानीको गुणस्तर कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री चौधरीले खानेपानीको गुणस्तर परीक्षणका लागि सबै सङ्घीय खानेपानी कार्यालयमा पानी परिक्षण प्रयोगशाला स्थापना गरिने बताउनुभयो ।
मन्त्री चौधरीले कोही पनि नागरिक शुद्ध खानेपानीबाट वञ्चित हुन नपरोस् भनी एक घर एक धारा कार्यक्रम अघि सारिएको स्पष्ट पार्नुभयो ।
मन्त्री चौधरीले विज्ञहरूको सुझाव अनुसार नै वर्षायाममा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि मेलम्ची आयोजना बन्द गरिएको जानकारी दिनुभयो ।
वर्षायाम सकिए लगत्तै मेलम्ची आयोजना सञ्चालनमा ल्याइने भन्नुहुँदै मन्त्री चौधरीले काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि वैकल्पिक उपायको खोजी गरिने बताउनुभयो ।
यस्तै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै परराष्ट्र मन्त्री डा. नारायण खड्काले सरकारले लिएको नीतिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अझ बढेको बताउनुभयो ।
मन्त्री खड्काले परराष्ट्र सम्बन्ध सञ्चालनमा राष्ट्रिय सहमति हुनुपर्नेमा सरकार दृढ रहेको भन्दै मन्त्री खड्काले अन्तर्राष्ट्रिय,क्षेत्रीय तथा उपक्षेत्रीय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #उमाकान्त चौधरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्