बागमती प्रदेश सभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज मङ्गलवार बस्दैछ । आजको बैठकमा विभिन्न प्रतिवेदनहरू पेश हुन प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु हुने छ । यस्तै, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायण बहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशव प्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्नु हुने कार्यसूची रहेको छ ।
त्यस्तै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गर्नु हुनेछ । बागमती प्रदेश सभाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम गत जेठ १९ गते पास गरेको थियो । भने, बागमती प्रदेश सरकारले प्रदेशको बजेट भोलि बुधवार अपराह्न ४ बजे प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बागमती प्रदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्