Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले नेता राजन भट्टराई एशिया–युरोप राजनीतिक मञ्चको अध्यक्ष निर्वाचित


जेठ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई एशिया–युरोप राजनीतिक मञ्च (एशिया-युरोप पोलिटिकल फोरम) को अध्यक्षमा निर्वाचित भएका छन् ।

एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को हालै सम्पन्न बैठकबाट भट्टराई आगामी दुई वर्षका लागि मञ्चको अध्यक्ष निर्वाचित भएका हुन् ।

चेक गणतन्त्रको राजधानी परागमा आयोजित आइक्याप स्थायी समितिको बैठकले उक्त मञ्चको अध्यक्षमा भट्टराईलाई निर्वाचित गरेको हो ।

मञ्चको पाँचौँ बैठक र आइक्याप स्थायी समितिको ४० औँ बैठक आगामी २०२३ को अक्टोबरमा नेपालमा आयोजना गर्ने निर्णय गरिएको छ ।

डा. भट्टराई नेपालका तर्फबाट आइक्यापको स्थायी समिति सदस्य छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #राजन भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545