Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रहरी निरीक्षक नरेश र एन्जलको जनचेतनामूलक ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक


काठमाडौं । प्रहरी प्रधान कार्यलय प्रशासन शाखामा कार्यरत प्रहरी निरीक्षक नरेश बहादुर शाहीको ट्राफिक संग सम्बन्धि जनचेतनामूलक गीत ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक भएको छ ।

प्रहरी निरीक्षक नरेश शाही र प्रिन्सेस एन्जेलको प्रस्तुती ट्राफिक प्रहरी संग सम्बन्धित जनचेतनामुलक गीतको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले विमोचन गरेका थिए ।

जनचेतनामूलक गीतमार्फत ट्राफिक जनचेतना र समाजमा जनचेतना जगाउनुका साथै सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बिश्वास लिइएको छ । नरेश शाही र प्रिन्सेस एन्जलको नै अभिनय रहेको भिडियोलाई शाहीले निर्देशन गरेका छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545