वाइड बडी जहाज खरीदमा अनियमितता भए कारबाही गरिने-उड्डयनमन्त्री अधिकारी

संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताउनुभएको छ ।
मन्त्री अधिकारीले आफ्नो निर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका योजना र विनियोजित रकम आज पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै वाइड बडी विमान खरीद प्रक्रियामा दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो “यस विषयमा सार्वजनिक लेखा समितिलगायत विभिन्न समितिले छानबिन गरिरहेको छ, छानबिनका क्रममा दोषी देखिए जो कोही पनि उम्कन पाउँदैनन्, कारबाहीको दायरामा आउँछन् ।”
मन्त्री अधिकारीले सत्यभन्दा बाहिर गएर हल्लाले नेपाल एयरलाइन्सलाई असफल पार्ने षड्यन्त्र हुन सक्ने आशङ्का व्यक्त गर्दैे एयरलाइन्सलाई प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्न पनि मन्त्रालय तयार रहेको बताउनुभयो ।
सो कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा रु चार करोडका योजना सार्वजनिक गरिएको थियो । सडक पूर्वाधारमा रु दुई करोड ३५ लाख, खानेपानीमा रु ७० लाख, कुलो, ढल र पक्की पुलमा रु ५० लाख, भवनमा रु २० लाख तथा खेलमैदान र उद्यानमा रु २५ लाख विनियोजन गरिएको अधिकारीले जानकारी दिनुभयो । मन्त्री अधिकारीले आजै निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणसमेत गर्नुभएको थियो ।
उहाँसँग नयाँ शक्ति पार्टी निकट विद्यार्थीले वाइड बडी जहाज खरीदसम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सिर्जना चोकमा प्रदर्शन गरेका थिए । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख ओम रानाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #वाइड बडी जहाज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्