पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रियसभामा पेश

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिएको छ ।
सभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्नुभएको हो ।
प्रस्ताव प्रस्तुत गर्दै सांसद दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि मूल्य निर्धारण कार्यविधि विपरीत भएको भन्दै प्रस्ताव समर्थनमा सहयोग गर्न सबै सांसदलाई अपिल गर्नुभयो । सो प्रस्तावलाई सांसद भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंहले समर्थन गर्नुभएको थियो ।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रमिला कुमारीले मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रस्तावमाथि समर्थन गर्नुभयो । सांसद जीतेन्द्रनारायण देवले सरकारले पेट्रोल र डिजेलमा रु १० मूल्य घटाएकाप्रति समर्थन गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिसम्बन्धी भारत सरकारसँग पहल गर्नुपर्नेमा जोड दिनुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रियसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्