Techie IT
शनिबार, वैशाख ६,२०८२

जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल: मूल्यवृद्धि नियन्त्रण गर्न सांसदहरूको माग


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा जनताको जनजीविकासँग जोडिएका खाद्यान्न, पेट्रोलियम पदार्थ लगायतका उपभोग्य वस्तुहरूको मूल्यवृद्धि र समायोजन सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल सुरु भएको छ ।

छलफलमा भाग लिँदै उक्त प्रस्तावका प्रस्तावक नेकपा एमालेका सचेतक विशाल भट्टराईले अर्थतन्त्रका प्रमुख परिसूचकहरूप्रति सरकारले यथेष्ट ध्यान पु¥याउन नसक्दा जनताको जनजीविकासँग जोडिएका खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरूको व्यापक मूल्य वृद्धि भएको बताउनुभयो ।

उहाँले मंहगी नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा देशभित्रै उत्पादन भएका बस्तुहरूमा भएको मूल्य वृद्धि रोक्न पनि सदनले भूमिका खेल्नुपर्ने बताउनुभयो । नेकपा एमाले सांसद यज्ञ राज सुनुवारले प्रस्तावको समर्थन गर्दै मूल्यवृद्धिको सिमाअवलोकन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो ।

एमाले सांसद गणेश पहाडीले उक्त प्रस्तावको समर्थन गर्दै मूल्यवृद्धिका कारण निम्न वर्ग र कमजोर आयस्रोत भएका मानिसहरूलाई जीवन जिउन गाह्रो पारेकाले मूल्य वृद्धि फिर्ता गर्नका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव ल्याइएको बताउनुभयो । बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले धारणा राख्ने क्रम जारी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545