सङ्घीयता कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभामा पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव पेश गर्नुभएको छ ।
सांसद जितेन्द्र नारायण देव, गोपी बहादुर सार्की अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहालको समर्थनमा दर्ता भएको सङ्कल्प प्रस्तावबारे सभामा छलफल जारी छ ।
यस अघि शून्य समयमा बोल्दै सांसदहरूले वर्षायाम नजिकिएसँगै बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरूले प्राकृतिक प्रकोपबाट वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको भन्दै क्षति न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी)का सांसद नन्दा चपाईंले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा (एमाले)का सांसद दीपा गुरुङले सडकसँग जोडिएका विद्युत्का तार हटाउन माग गर्नुभयो ।
नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले विश्वव्यापी फैलिएको मङ्कीपक्स रोग फैलन नदिन आवश्यक सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
एमालेका सांसद दीलकुमारी रावल थापा (पार्वती)ले महिला हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्नुभयो ।
यस्तै आजको बैठकमा सांसद देवेन्द्र दाहाल प्रस्तावक रहेको भैरव सुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखर कुमार सिंह समर्थक रहेको “खाना पकाउने ग्याँस, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्” भन्ने प्रस्तावमाथि पनि छलफल हुने कार्यसूची रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रियसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्