Techie IT
आईतबार, वैशाख ७,२०८२

निर्मला हत्याकाण्डको अनुसन्धान मेरो प्राथमिकताः धिरजप्रताप सिंह


काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्याकाण्डको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

आफ्नो कार्यकालमा निर्मला हत्याकाण्डको अनुसन्धान टुंगो लगाउन प्रयास गरिने बताए ।

सिंहले आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए । तर पनि हालसम्म कुनै आरोपित पक्राउ पर्न सकेका छैनन् ।

त्यस्तै, उनले गलत काम गर्ने प्रहरीलाई कारवाही गरिने तथा मेरिट बेसमा बढुवा गरिने पनि स्पष्ट पारे ।

‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन । ब्याचमा बेस्ट भएका अगाडि आउँछन्’, उनले भने, ‘सोर्सफोर्सले बढुव हुँदैन । शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ ।’


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #धिरजप्रताप सिंह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545