Techie IT
सोमबार, वैशाख ८,२०८२

तामाकोसी किनारमा शव फेला


दोलखा । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए ।

तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान गरी शव चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याएर राखेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

फेला परेको शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव पूरै सडेको अवस्थामा फेला परेको र व्यक्तिको पहिचान भई नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले कोही व्यक्ति हराएको भए प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ । –रासस


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #दोलखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545