Techie IT
सोमबार, वैशाख ८,२०८२

अवैध चाँदीसहित एक जना पक्राउ


चितवन । अवैध चाँदीसहित एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट सवारी चेकिङमा खटिएको प्रहरीको टोलीले जेठ १७ गते बेलुकी पाँच बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर ११ स्थित भोजाड – पदमपुर सडकखण्डबाट अवैध चाँदी सहित राप्ती नगरपालिका ११ घर भई हाल गैडाकोट नगरपालिका ५ बस्ने २४ बर्षीया कुमार बिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बिकको साथबाट प्रहरीले बिना बिलको दुई लाख अठ्ठाइस हजार एक सय सन्तानब्बे रुपैयाँ मूल्य बराबरको १७९ तोला २८ लाल अबैध चाँदीका गरगहना, र उनी सवार प्रदेश ०३-००२ प ७०६६ नंम्बरको १५० सि.सि को पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।

उनलाई बरामद गरिएको मोटरसाइकलसहित हिजो (बुधबार) आवश्यक कार्वाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545