Techie IT
आईतबार, वैशाख ७,२०८२

पोखरा महानगरको कार्यपालिकामा एमालेको प्यानल विजयी


पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै निर्वाचित भएका छन् ।

वुधबार भएको निर्वाचनमा एमालेका आठै जना उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचन परिणामअनुसार महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भएका हुन् । उनीहरु सबैले ८६ मत पाए ।

दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे पनि निर्वाचित हुँदा दियालीले सर्वाधिक ८७ मत पाए । उनले एक मत गठबन्धनबाट पाएका हुन् ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनबाट पोखरामा १६७ जना जनप्रतिनिधिहरु निर्वाचित भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #पोखरा महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545