बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्न सक्दैन :अध्यक्ष लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट मूल्यवृद्धि नियन्त्रण, देशकै आर्थिक संकट टार्नेदेखि जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने खालको नरहेको बताए ।
आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको बजेटको स्रोतसमेत खुलाउन नसकेको भन्दै उनले बजेटमा सञ्चालानमै नरहेको हेटौँडा उद्योगको कपडा लगाउने कार्यक्रम रहेको र सो उद्योग चलाउने विषयमा मौन रहेको बताए ।
बजेटमा भ्रष्टाचार नियन्त्रण, सुशासनका विषयमा उल्लेख नै नभएको भन्दै उनले युवालाई विदेश पहलायन रोक्ने र युवालाई लागूऔषधको सिकारबाट जोगाउने कार्यक्रम पनि नरहेको बताए ।
बजेट कार्यान्वयन हुनै नसक्ने भन्दै उनले बजेट कार्यान्वयनकै चरणमा अर्काे सरकार आउने पनि बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्