Techie IT
सोमबार, वैशाख ८,२०८२

नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा


काठमाडौं । कबड्डी–४ चलचित्र हेर्न हलमा जाँदा उक्त फिल्मकी नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।

सोमबार पक्राउ परेका लामा मंगलबार ३ हजार धरौटीमा रिहा भएका हुन् । मगरले झुटो आरोप लगाएको भन्दै उनीविरुद्ध चौतर्फी विरोध प्रदर्शन भइरहेको छ ।

आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका मगरले प्रहरीमा उजुरी दिएपछि सोमबार लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो । प्रहरीले अभद्र व्यवहारमा लामालाई पक्राउ गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #फुर्वा लामा, #मिरुना मगर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545