Techie IT
आईतबार, वैशाख ७,२०८२

ज्यान मार्ने मुद्दामा फरार वडा सदस्य पक्राउ


जनकपुर। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले धनुषाको शहीदनगर नगरपालिका–९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई पक्राउ गरेको हो ।

कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बेला नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा निर्वाचित बिराजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका बिराजीमाथि थप अनुसन्धान भइरहेको प्रनाउ क्षेत्रीले बताउनुभयो । बिराजीलाई आजै जिल्ला अदालतमा पेश गरिने छ ।–रासस


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ, #राजेश बिराजी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545