Techie IT
सोमबार, वैशाख ८,२०८२

कैलालीमा श्रीमान्-श्रीमती मृत फेला


कैलाली जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उहाँकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जानकारी दिनुभयो ।

प्रहरीकाअनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #प्रहरी, #वेदप्रकाश जोशी


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545