Techie IT
सोमबार, वैशाख ८,२०८२

फोहोरको व्यवस्थापन र सेवाग्राहीको काम तुरुन्त गर्ने बिरेन्द्र प्रजापतिको पहिलो निर्णय


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ५ का नवनिर्वाचित वडा अध्यक्ष बिरेन्द्र प्रजापतिले पदभार ग्रहण गर्नुभएको छ ।

सोमबार हाँडीगाउँस्थित कार्यालयमा अध्यक्ष प्रजापती सहित वडा सदस्यहरु शसी थापा, विजय प्रकाश कर्माचार्य, आरती सुनार, मिनासिंह प्रजापतीले पदभार सम्हाल्नुभएको हो

। पदभार सम्हालेको पहिलो दिनमै अध्यक्ष प्रजापतीले फोहोरको व्यवस्थापन यथाशिघ्र गर्ने, वडा नम्बर ५ को सडकमा देखिएको खाल्डाखुल्डी पुर्ने र सेवाग्राहीको काम तुरुन्त गर्ने निर्णय गर्नुभयो । कार्यक्रममा स्थानीयवासी, कार्यलय सचिव,कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #बिरेन्द्र प्रजापति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545