Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौंका मेयर बालेन साहले लिए शपथ ,कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने


काठमाडौं – काठमाडौं महानगरपालिका नव निर्वाचित बालेन्द्र साह (बालेन) पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो। नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नुभएको थियो

बालेनले शपथ ग्रहण गरेपछि उहाँले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउनुभयो । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा भएको थियो।

मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् । उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेन साह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545