बागमती प्रदेश: विनियोजन विधेयकमाथि छलफल जारी

मकवानपुर । बागमती प्रदेशको प्रदेश सभा बैठक आज पनि जारी रहेको छ ।
प्रदेश सभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा हिजो प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले पेश गर्नुभएको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ ।
बैठकमा प्रदेश सभाका सदस्यहरु बजेटको सिद्धान्त र प्राथमिकता छलफल भन्दा पनि एक अर्कालाई आरोप प्रत्यारोपमा व्यस्त छन् । असारमा ल्याउने बजेट सरकारले कस्तो ल्याउनुपर्छ कस्ता विषयलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा भन्दा पनि अन्य विषयमा छलफल केन्द्रित छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुङ्गेलले हालै सम्पन्न स्थानीय निर्वाचनलाई प्रभावित पार्न बागमती प्रदेश सरकारले २३ सय टुक्रे योजना ऐन विपरीत बाडेको आरोप लगाउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले स्थानीय निर्वाचनमा गठबन्धन गर्नुको उद्देश्य सत्ता हत्याउन नभई प्राप्त उपलब्धि जोगाउनु रहेको बताउनुभयो ।
यस्तै बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीका नेता विराजभक्त श्रेष्ठले ‘कमरेड’ शब्द बदनाम हुँदै गएको बताउनुभएको छ ।
प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीकी नेतृ शोभा शाक्यले प्रदेश सरकारलाई टर्च लाइट बालेर खोज्नुपर्ने अवस्था आएको भन्दै टिप्पणी गर्नुभयो । उहाँले जनताले सरकारको महशुस समेत गर्न नसकेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्