Techie IT
शनिबार, वैशाख ६,२०८२

दोलखामा कुन दलको कति मत ? (सूचीसहित)


दोलखा। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा दोलखामा चार पालिका प्रमुख जित्दै सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

यद्यपि लोकप्रिय मत भने नेकपा एमालेकै बढी रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार दोलखाको ९ वटा पालिका र ७४ वटा वडामा प्राप्त मतका आधारमा कांग्रेसभन्दा एमाले नै अगाडि रहेको देखिएको हो ।

दोलखामा कांग्रेसले ४, एमालेले २, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले १ पालिकाको प्रमुख जितेको छ ।

सत्तारुढ दलहरुले गरेको गठबन्धनविरुद्ध लडेको एमाले लोकप्रिय मतमा अघि देखिएको हो ।

दोलखाको ९ वटा पालिका र ७४ वडाको मत परिणामअनुसार एमालेले सवैभन्दा बढी ३९ हजार ५० मत पाएको छ ।

त्यसैगरी, कांग्रेसले ३७ हजार ६ सय ४७ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले १७ हजार ३ सय ५७ मत पाएको छ ।

त्यसैगरी, कांग्रेसले २४ हजार ४७ मत पाएको थियो भने माओवादी कन्द्रले १८ हजार ८ सय २ मत पाएको थियो ।

कांग्रेस र माओवादी गठबन्धन गरेर चुनाव गएकोले अन्य दलको समेत मत पाएको कारण यसपटक बढेको देखिएको हो ।

यस्तो छ मत परिणाम:

शैलुङ

एमाले ५४३०

कांग्रेस ७२०४

माओवादी १४१९

बैतेश्वर

एमाले ३००५

कांग्रेस ५४४४

माओवादी १९९८

बिगु

एमाले ३४९६

कांग्रेस २६७०

माओवादी २३५६

मेलुङ

एमाले ४८९६

कांग्रेस २९४२

माओवादी १०४४

भिमेश्वर

एमाले ७४१५

कांग्रेस ७५७९

माओवादी ११५१

तामाकोशी

एमाले ३५३५

कांग्रेस ४०६४

माओवादी १०७६

जिरी

एमाले ३३७६

कांग्रेस १७२५

माओवादी २५१२

गौरीशंकर

एमाले ३२९२

कांग्रेस २५०८

माओवादी २८०३

कालिञ्चोक

एमाले ४६०५

कांग्रेस ३५११

माओवादी २९९८

जम्मा

एमाले ३९०५०

कांग्रेस ३७६४७

माओवादी १७३५७

२०७४ निर्वाचन

एमाले ३८०४७

कांग्रेस २४०४७

माओवादी कन्द्र १८८०२


क्याटेगोरी : समाचार
ट्याग : #दोलखा, #स्थानीय तह निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545