Techie IT
आईतबार, वैशाख ७,२०८२

निजगढ विमानस्थल रोक्ने कुरा सुन्दा दुःख लाग्यो : माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्च आदलतको आदेशप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ । शुक्रबारको संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विमानस्थल निर्माण रोक्ने कुरा सुनेपछि आफूलाई दुःख लागेको बताउनुभयो ।

“सो विमानस्थलको विकल्प के ? रिजनल हबका रुपमा अगाडि बढाउन खोजिएको हो, विमानस्थल निर्माण रोकिनुका कारण के हो ?” नेपालले प्रश्न गर्नुभयो ।

उहाँले रोक्नुको कारणबारे पुनर्विचार गर्न आग्रह गर्दै सरकारको पनि ध्यानाकर्षण गराउनुभयो । “निजगढमा विमानस्थल बनाउनु सबै आधारमा उपयुक्त छ । तर्कको आधार तथ्यको आधार छैन भन्ने पुष्टि गर्ने कारण के के हो ? बन विनाशको कुरालाई असर पर्दैन,” उहाँको भनाइ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, #माधवकुमार नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545