Techie IT
आईतबार, वैशाख ७,२०८२

स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी


स्थानीय सरकार सञ्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानूनसँग बाँझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ ।

स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र प्रदेशका केही ऐन र कानूनसँग बाझिएकाले संशोधनको तयारीमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

संशोधनका लागि मन्त्रालयले जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घसँग छलफल गरेको छ ।

“शुरुमा हतार–हतारमा स्थानीय तह सञ्चालनका लागि ऐन ल्याइयो”, उहाँले भन्नुभयो, “अहिले सङ्घ र प्रदेशका विभिन्न कानून बन्दा उक्त ऐनसँग बाभिए, त्यसैले संशोधन गर्न थालेका हाँै ।” उहाँका अनुसार वन, भूमिसुधार, शिक्षा तथा करसम्बन्धी सङ्घ र प्रदेशमा बनेका कानूनसँग उक्त ऐनमा भएका केही प्रावधान बाँझिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्थानीय सरकार सञ्चालन ऐन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545