Techie IT
आईतबार, वैशाख ७,२०८२

सुनको मूल्य बढ्यो


काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको उक्त सुन आज प्रतितोला रु २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५३ डलर आसपास कारोबार भइरहेको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सुनचाँदी बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545