Techie IT
शनिबार, वैशाख ६,२०८२

चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै गरे तीन वटा निर्णय


काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहण गर्दै तीन वटा निर्णय गरेका छन् ।

उनले वुधबार पदभार ग्रहण गर्दै वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने निर्णय गरेका छन् ।

ललितपुर महानगरपालिकाले किनेको कम्प्याक्ट ट्रक दुई हप्तामा आइपुग्ने र त्यसपछि फोहोर संकलन गरिने उनले बताए ।

त्यस्तै, उनले अनलाइनमार्फत राजस्व संकलन गर्ने घोषणा समेत गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चिरिबाबु महर्जन, #ललितपुर महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545