Techie IT
शनिबार, वैशाख ६,२०८२

काँग्रेस संखुवासभाका सभापति दिपक खड्काको पालिकामा काँग्रेसको कार्यपालिका

उपप्रमुखसहित पाँचवटा वडामा काँग्रेसको प्यानल र एक वडामा एक सदस्य जितेसँगै काँग्रेसले कार्यपालिका गठन गरेको हो ।


संखुवासभा, धर्मदेबी,  ११ जेठ । मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो वडा र पालिकामा पराजयको भोगिरहेको खबर सार्वजनिक भएपनि काँग्रेस संखुवासभाका सभापति एवम् पूर्वमन्त्री दिपक खड्काको पालिकामा भने काँग्रेसको कार्यपालिका बनेको छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा संखुवासभाको धर्मदेवी नगरपालिकामा उपप्रमुखसहित पाँचवटा वडामा काँग्रेसको प्यानल र एक वडामा एक सदस्य जितेसँगै काँग्रेसले कार्यपालिका गठन गरेको हो ।

उक्त नगरपालिकाको प्रमुखमा काँग्रेसका थलकुमार लिङ्खाले थोरै मतले पराजित भएपनि उपप्रमुखमा भने काँग्रेसकी तारा महत विजयी हुनुभएको छ । प्रमुख, उपप्रमुखसहित ४७ सदस्यका लागि भएको निर्वाचनमा काँग्रेसबाट २७ सदस्य विजयी हुनुभएको थियो ।

धर्मदेवी नगरपालिकाका निर्वाचन अधिकृत शेखरबाबु कार्कीले पाँच महिला र तीन दलित तथा अल्पसंख्यक पदका लागि निर्वाचन गरिएकोमा सबै पदमा काँग्रेसका उम्मेदवार विजयी भएको जानकारी दिनुभयो ।

जसमध्ये महिला नगर कार्यपालिका सदस्यमा काँग्रेसका मिता राई, प्रेमिका जीमी, विष्णुमाया मगर, लालमाया जीमी र देवकुमारी कार्की निर्वाचित हुनुभएको छ । यस्तै, दलित वा अल्पसंख्यक सदस्यबाट काँग्रेसकै अञ्जली जीमी, रुद्रबहादुर सुनुवार र इन्द्रबहादुर बयलकोटी विजयी हुनुभएको निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545