Techie IT
आईतबार, वैशाख ७,२०८२

गठबन्धनलाई हराउँदै चार महानगरको उपप्रमुखमा एमालेको सानदार जित


काठमाडौँ। सत्तारुढ पाँच दलीय गठबन्धनबीच पनि ६ मध्ये चार महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)ले सानदार विजय हासिल गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवारहरु निर्वाचित भएका हुन् ।

हालसम्म काठमाडौं महानगरपालिकाबाहेक पाँच वटै महानगरको परिणाम आइसकेको छ ।

काठमाडौंमा पनि मेयर बालेन साह र उपमेयर एमालेकी सुनिता डंगोल गणना बाँकी छँदै बिजयी भइसकेको अवस्था छ ।

विराटनगरको उपमेयरमा एमालेकी शिल्पा निराला कार्की बिजयी भएकी छन् । उनले गठबन्धनबाट जसपाका अमरेन्द्र यादवलाई ११ हजार ४ सय ६१ मतान्तरले पराजित गरेकी हुन् । शिल्पाले २५ हजार ६ सय ८० मतका साथ बिजयी हुँदा गठबन्धनका यादवले १४ हजार २ सय १९ मत पाएका छन् ।

त्यस्तै, ललितपुर महानगरको उपप्रमुखमा पनि एमालेकी मञ्जली शाक्य बज्राचार्य उपमेयरमा निर्वाचित भएकी छन् ।

शाक्यले गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई ६ हजार ३ सय ३२ मतको अन्तरले हराएका हुन् ।

अन्तिम परिणामअनुसार एमाले उम्मेदवार मञ्जलीले २५ हजार ८४ मत पाएकी छन् भने गठबन्धनबाट बाबुराजले १८ हजार ७ सय ५२ मत पाएका छन् ।

त्यस्तै, पोखरा महानगरपालिकाको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ भारी मतान्तरमा उपमेयरमा बिजयी भएकी छन् ।

उनले गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मत अन्त्रमा पराजित गरेकी हुन् ।

एमाले उम्मेदवार गुरुङ ६० हजार ५ सय ४६ मतका साथ बिजयी बन्दा गठबन्धनकी रानाभाटले ५६ हजार ६ सय ६३ मत पाइन् ।

काठमाडौं महानगरमा एमाले उम्मेदवार सुनिता डंगोल सवैभन्दा फराकिलो अन्तरमा बिजयी बन्ने इतिहासि रचेकी छन् ।

उनी अहिले ४० हजार बढी मतान्तरले अग्रस्थानमा छिन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545