आर्थिक संकटलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम आउनु एकदमै स्वागतयोग्य : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अर्थतन्त्रको वर्तमान आर्थिक संकटलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आउनु स्वागतयोग्य भएको बताएका छन् ।
नेता पौडेलले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को सरकारको नीति तथा कार्यक्रमहरु सकरात्मक रहेको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत पौडेलले लेखेका छन्, ‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि गर्ने’ ‘बढी आयात हुने बालीको उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरिने’ ‘पुँजीगत खर्च बढाउन छुट्टै विकास कानुन बनाउने’ ‘कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन शृंखलामा जोड्ने’ जस्ता गतिविधिले वर्तमान अर्थतन्त्रको संकटसँग जुध्न महत्वपूर्ण भूमिका खेल्नेछ।यस्ता अवधारणा अघि सार्नुले पनि अहिलेको संकटप्रतिको सरकार संवेदनशिल भएको आभास दिन्छ ।’
नीति तथा कार्यक्रम पुर्णरूपमा लागु हुन भने निश्चयनै ठोस रणनीति र कार्ययोजना आवश्यक पर्ने उनको भनाई छ । वर्तमान सरकारले केवल हचुवाको भरमा मात्रै नीति तथा कार्यक्रम तर्जुमा नगरेको पनि नेता पौडेलले दाबी गरेका छन् ।
यसलाई सफल पार्न यसले अध्ययन अनुसन्धान सहितको ठोस कार्ययोजना अघि सार्नेछ भन्ने कुरा ‘सार्वजनिक नीतिको समग्र विश्लेषणका लागि राष्ट्रिय योजना आयोगमा नीति प्रयोगशाला स्थापना गर्ने’ कार्यक्रमले पनि देखाउँने उनको भनाई छ ।
यसको साथै सार्वजनिक सेवा तथा विकास निर्माणका क्षेत्रमा सरकारले अघि सारेका योजनाहरु पनि सकरात्मक रहेको उनले स्पष्ट पारेका छन् । यो चुनावी चटारोको वर्ष भएका कारण नीति तथा कार्यक्रमको अपेक्षाकृत कार्यन्वयन गर्न भने चुनौतिपूर्ण हुने उनको ठहर छ । वर्तमान सरकारको परिस्थितिप्रतिको संवेदनशिलताले यो चुनौति पार लगाउनेमा उनी आशावादी रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्