Techie IT
शनिबार, वैशाख ६,२०८२

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरीबाबु र उपमेयरमा एमालेकी मञ्जली निर्वाचित


काठमाडौं। ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गरेका हुन् ।

ललितपुरमा ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७२२ मत पाए भने व्यञ्जनकारले २४ हजार ५६० मत पाए । यस अघि २०७४ सालको पालिका चुनावमा पनि महर्जनले व्यञ्जनकारलाई पराजित गरेका थिए ।

त्यतिबेला महर्जनले ३२६ मतअन्तरले व्यञ्जनकारलाई पराजित गरेका थिए ।

उपमेयरमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छिन् । शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३३२ मत अन्तरले पराजित गरेकी हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #चिरीबाबु महर्जन, #ललितपुर महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545