Techie IT
बिहीबार, माघ ३,२०८१

प्रधानसेनापति शर्माद्वारा माछेखाेला ब्रिज उद्घाटन


गोरखा। नेपाली सेनाले गोरखाको  माछेखोलामा निर्माण गरेको बेलिब्रिज उद्घाटन गरिएको छ । नेपाली सेनाले दुई करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको माछाखोला पुलको बिहिबार एक समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा रक्षा सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ शर्मा, सडक विभागका निमित्त महानिर्देशक शिवप्रसाद नेपाल, पुल महशाखाका उपमहानिर्देशक उमेशविन्दू श्रेष्ठ लगायत सहभागी थिए ।

बेनिघाट, आरुघाट लार्के सडक निर्माण गरिरहेको नेपाली सेनाले हालै माछाखोलामा १२० फिट बेलिब्रिज निर्माण गरेको थियो ।

२०७४ सालदेखि निर्माणको जिम्मा लिएको सेनाले अहिलेसम्म ३२ किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ ।

दोभानसम्मको १८ किलोमिटर खण्डमा गाडी चल्न सुरु गरेको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रभुराम शर्मा, #माछाखोला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
17°
Mostly Cloudy
6:54 am5:32 pm +0545