Techie IT
आईतबार, वैशाख ७,२०८२

पोखरामा ५५,२६७ मत गन्दा कसको कति ?


पोखरा । पोखरा महानगरपालिकामा अहिलेसम्म ५५ हजार ६२७ मतगणना गरिएको छ । नगर प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता लगातार बढ्दो छ । पछिल्लो गणनाअनुसार उनले २२ हजार ८५२ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले दुई हजार ३०४ मत पाएका छन् । लौरो चुनाव चिह्नबाट प्रतिस्पर्धामा रहेका स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) एक हजार २१२ मतसहित चौथो स्थानमा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #पोखरा महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545