चितवनमा लागूऔषधसहित दुइ जना पक्राउ

चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध सहित दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी मनरा सिसवा नगरपालिका वडा नंम्बर २ बस्ने २५ बर्षीया बिष्णु देव अधिकारी र काठमाण्डौं चन्द्रागिरी नगरपालिका वडा नंम्बर ४ बस्ने २९ बर्षीया कृष्ण गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार
खैरहनी नगरपालिका ८ पर्साबजार चौबिसकोठीमा अवैधरूपमा लागूऔषध ओसारपसार एवं विक्रीवितरण हुने गरेको भन्ने सुचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाउँदै आएको थियो ।
निगरानी गरिरहेको प्रहरीले हिजो (बुधबार) राती साँढे आठ बजे पैदल हिडिरहेको अवस्थामा उनीहरुको शरीर खानतलासी गर्दा पक्राउ परेका मध्य कृष्ण गुरुङले लगाएको कट्टुभित्र, पाईन्टको भित्री भागमा र मोजा समेतमा लुकाईराखेको अवस्थामा दुई सय चालीस ट्यावलेट लागूऔषध नाईट्राजेपाम, र बिष्णु देव अधिकारीले बोकेको कालो रंगको झोलामा सत्ताईस सय तीस ट्यावलेट लागूऔषध नाईट्राजेपाम र एघार सय चार क्याप्सुल औषधीजन्य ट्रामाडोल फेला परेको प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्