Techie IT
सोमबार, वैशाख ८,२०८२

विराटनगरको उपमेयरमा शिल्पा कार्कीको फराकिलो अग्रता


मोरङ। विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार शिल्पा कार्कीले फराकिलो मतान्तरले अग्रता लिइरहेकी छन् ।

मेयरम पछि परेपनि उपमेयरमा कार्कीले प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार भन्दा ६७३७ मतको अग्रता कायम गरेकी छन् ।

मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला झण्डै ५ हजार मतले अग्रता कायम गर्दा उपमेयरमा एमालेकी कार्कीले यति धेरै मतान्तर बढाएका हुन् । हालसम्म ५९८३० मत गणना उपमेयरमा एमालेकी कार्कीले १६५५२ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् ।

गठबन्धनबाट उम्मेदवार बन्नुभएका जसपाका अरमेन्द्र यादवले भने ९८१५ मत मात्र पाएका छन् ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #विराटनगर महानगरपालिका, #शिल्पा कार्की


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545