Techie IT
शनिबार, वैशाख ६,२०८२

५३७ पालिकाको नतिजा सार्वजनिक, यस्तो छ नतिजा


काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको तथ्यांक अनुसार बिहान ६ बजे सम्म कुल ७५३ स्थानीय तहमध्ये ५३७ पालिकाको नतिजा आइसकेको छ ।

जसमा नेपाली कांग्रेसले २४३ स्थानीय तहको प्रमुख–अध्यक्षमा जित हासिल गरेको छ । कांग्रेसले ७८ नगरपालिकाको प्रमुख र १५८ गाउँपालिका अध्यक्ष जितेको हो ।

त्यस्तै नेकपा (एमाले) १५७ तहमा विजयी भएको छ । जसमा ४६ नगरपालिका प्रमुख र १०१ गाउँपालिका अध्यक्ष एमालेले जितेको हो ।

माओवादी केन्द्र १०२ पालिकामा जित हासिल गर्दै एमालेलाई पछ्याइरहेको छ । उसले १ उपमहानगरपालिकासहित १६ नगर र ८६ गाउँपालिका जितेको हो ।

त्यसैगरी एकीकृत समाजवादी पार्टीले ४, जनता समाजवादी पार्टी (जसपा)ले ११ स्थानीय तहको पालिका प्रमुख–अध्यक्षमा जित निकालेको छ ।

स्वतन्त्रसहित अन्यले २४ स्थानमा जितेको आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #स्थानीय तह निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545