Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा एमालेको जित, मेयरमा बासुदेव थापा र उपमेयरमा सरिता तिम्सिना


भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र सूर्यविनायक नगरपालिका भक्तपुरमा एमालेको जित भएको छ।

सूर्यविनायक नगरपालिका भक्तपुरमा नेकपा एमालेका मेयर उमेदवार बासुदेव थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्दी नेपाली काँग्रेसका मेयर उमेदवार निशान ढुंगेलले १३ हजार २ सय ३२ मत पाउनुभएको छ । मेयरका उमेदवार थापाले १५२६ मत बढि ल्याएर काँग्रेसका उमेदवारलाई हराउनुभएको हो । थापा यसअघिपनि सूर्यविनायक नगरपालिकाको मेयर हुनुहुन्थ्यो ।

त्यसैगरी, उपमेयरको पदमा पनि नेकपा एमालेकै उमेदवारको जित भएको छ । उपमेयरका उमेदवार सरिता तिम्सिना भट्टराईले प्रतिद्धन्दीसँग निकै नै फराकिलो मतसहित विजयी हुनुभएको छ । उहाँले १४ हजार ४ सय ९० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्दी नेकपा समाजवादीका श्याम बस्नेतले ६ हजार ६ सय ६१ मत पाएर पराजित हुनुभएको छ । केहीवेर अघि सकिएको मतगणनामा एमालेले जीत हासिल गरेको पुर्वमन्त्री महेश बस्नेतले सूचनाप्रेसलाई बताउनुभयो । एमालेअध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा बालकोटमा रहेको महेन्द्र शान्ति माविमा मतदान गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले, #बासुदेव थापा, #भक्तपुरमा, #सरिता तिम्सिना, #सूर्यविनायक नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545