Techie IT
मंगलबार, वैशाख ९,२०८२

गण्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमिल्सिना अपाध्यक्षमा ललिता अधिकारी निर्वाचित


गाेरखा- गण्डकी गाउँपालिकाकाे अध्यक्षमा दीपक तिमिल्सिना निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले कांग्रेसका उम्मेदवार हाेमबहादुर रानालाई १ हजार ६७१ मतान्तरसहित निर्वाचित भएका हुन् । राना निवर्तमान पालिका अध्यक्ष हुन् ।

तिमिल्सिनाले ६ हजार ३२६ मत ल्याए भने उनका निकटम प्रतिस्पर्धी कांग्रेसका राना ४ हजार ६६५ मतका साथ पराजित भएका हुन् ।

रानाले तिमिल्सिनाई २०७४ काे निर्वाचनमा २८१ मतले पराजित गरेका थिए । कुल १८ हजार ५३१ मतदाता रहेकाे गण्डकीमा ६५ प्रतिशत मत खसेकाे थियाे ।

उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी निर्वाचित भएकी छिन् । उनले जनता समाजवादीका उम्मेदवार भिमनारायण श्रेष्ठलाई ७७७ मतान्तरसहित निर्वाचित भएकि हुन् । अधिकारीले ४ हजार ४२१ र श्रेष्ठले ४ हजार ४४ मत पाएका छन् ।

गण्डकीका अधिकांश वडा माओवादीले जितेकाे छ । वडा न १ मा माओवादीका तोप मान गुरुङ, वडा न २ मा माओवादीका यामबहादुर थापा, वडा न ३ मा कांग्रेसका सुवास पन्त, वडा न ४ मा नेकपा एमालेका राजुबाबु भण्डारी निर्वाचित भएका हुन् ।

वडा न ५ मा माओवादीका पहलमान बाेगटी, वडा न ६ मा माओवादीका तुलबहादुर गुरूङ, वडा न ७ मा माओवादीका तुलसी रेग्मी र वडा न ८ मा माओवादीका  कोकिल वहादुर पुलामि मगर निर्वािचत भएका हुन् ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #दीपक तिमिल्सिना, #ललिता अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545