भिमसेनथापा गाँउपालिका अध्यक्षमा लोकप्रसाद उपाध्यक्षमा अमृता

गोरखा । भिमसेनथापा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बन्जरा विजयी भएका छन् । बन्जरा ५६५१ मत ल्याएर विजयी वनेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेदवार रोसन गुरुङले ५१७६ मत ल्याए ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी अमृतादेवि वस्ती विजयी वनेकी छिन् । वस्ती ५१४७ मत ल्याइन् । उनको प्रतिद्धन्द्धी माओवादी केन्द्रको उपाध्यक्ष उमेदवार जुनमायाँ श्रेष्ठले ४९२७ मत ल्याइन् । २०७४ को निर्वाचनमा भिमसेन थापाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी वनेको थियो । २०७४ मा पनि भिमसेन थापाको अध्यक्षमा वन्जरा प्रतिस्पर्धि थिए ।
आठ वटा वडा रहेको भिमसेन थापा गाउपालिकामा तिन वडा अध्यक्ष कांग्रेस र ५ वडा अध्यक्ष माओवादी केन्द्र विजयी वनेका छन् । १, ५, ६, ७ र ८ नम्वर वडामा माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवार विजयी वने । २, ३ र ४ नम्वर वडामा नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदवार विजयी वनेका छन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #अमृतादेवि वस्ती, #नेपाली कांग्रेस, #भिमसेन थापा गाउँपालिका, #लोकप्रसाद बन्जरा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्