गोरखाको धार्चेमा माओवादी केन्द्रको सानदार जीत

गोरखा । गोरखाको धार्चे गाउँपालिकामा नेपाली कांग्रेस क्लिनस्विप भएको छ । यसअघि पालिका अध्यक्ष उपाध्यक्ष सहित सात मध्ये ४,५,७ वडा जितेको कांग्रेस अहिले एउटा वडामा पनि आउन सकेन ।
धार्चेमा माओवादी केन्द्रका लक्ष्मण गुरुङ अध्यक्ष र सुनिला गुरुङ उपाध्यक्ष बने ।
यसअघि कांग्रेसबाट अध्यक्ष भएका सन्तोष गुरुङ र उपाध्यक्ष फुलमाया गुरुङलाई फराकिलो मतान्तरले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका हुन् । अध्यक्ष बिजेता लक्ष्मण गुरुङले ३,७७१ र सुनिला गुरुङले ३,७७९मत ल्याए । प्रतिद्वन्द्वी सन्तोष गुरुङल १,९४६ र फुलमाया गुरुङले १,९७६ मत प्राप्त गरे ।
सातवटा वडामध्ये कांग्रेसले वडा नं ४ र ५ मा पुरानै वडाअध्यक्षलाई उम्मेद्वार बनाएको थियो । अहिले गाउँपालिका अध्यक्षमा बिजयी लक्ष्मण गुरुङ २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका सन्तोष गुरुङसँगै पराजित भएका हुन् । धार्चे ५ सिङ्ला घर भएका उनी तत्कालिन नयाँ शक्ति पार्टीबाट उम्मेदवार भएका थिए ।
उपाध्यक्षमा विजयी सुनिला गुरुङ भने चर्चित गायिका हुन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #धार्चे, #माओवादी केन्द्रको, #लक्ष्मण गुरुङ, #सुनिला गुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्