Techie IT
मंगलबार, वैशाख ९,२०८२

खाँडाचक्रको मेयरमा स्वतन्त्र उम्मेदवार एकीकृत समाजवादीका शाही विजयी


सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगरप्रमुखमा विजयी भएका हुन् । शाहीले २७९७ मत ल्याएका थिए ।

शाहीका प्रतिस्पर्धी पूर्व नगरप्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले २३६६ मत ल्याएका थिए ।

उपाध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर शाही विजयी भएका छन् । एकीकृत समाजवादीबाट शाहीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545