Techie IT
मंगलबार, वैशाख ९,२०८२

पोखरा महानगरमा एकीकृत समाजवादीको अग्रता कायमै


कास्की । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ ।

मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाएका छन् छ भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ७१६ मत प्राप्त गर्नुभएको छ भने एमालेका मञ्जुदेवी गुरुङले ५८३ मत प्राप्त गरेका छन् । महानगरमा वडा नं १, २ र १२ को मतगणना भइरहेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १ मा गठबन्धन विजय भएको छ ने २, ३ र ४ मा कांग्रेसको प्यानल र वडा नं ५ मा वडाध्यक्ष तथा एक जना सदस्य कांगे्रस र अन्य एमालेका उम्मेदवार विजयी बनेका छन् ।

माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङ तीन हजार ९३० मतसहित अग्रता हासिल गरेका छन् भने एमालेका विक्रम गुरुङले तीन हजार ५०६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका सीता अधिकारीले तीन हजार ५५६ मत प्राप्त गरेकी छन् भने एमालेकी सीता तिवारीले तीन हजार २५५ मत प्राप्त गरेकी छन् ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं १० मा कांग्रेसको प्यानल नै विजयी भएको छ भने वडा नं ११ मा एमालेको प्यानल नै विजयी भएको छ । मादी गाउँपालिकाको वडा नं १ र २ मा कांग्रेसको प्यानल विजय भएको छ । रुपा गाउँपालिकामा वडा नं १ मा कांग्रेसको प्यानल विजय भएको छ भने वडा नं २ र ३ मा एमालेको प्यानल नै विजय भएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545