काठमाडौं महानगरको मतगणना सुरु

काठमाडौं । काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ ।
यसअघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको सहमतिअनुसार नै सबैभन्दा पहिला वडा नम्बर १ र ३२ बाट सुरू गरिएको हो । मतगणना स्थलमा स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट राख्ने प्रतिनिधिको विषयमा सहमति जुट्न नसक्दा मतगणनामा ढिलाई भएको थियो ।
पाँच जना स्वतन्त्र उम्मेदवारको तर्फबाट एक जना प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । अहिले एक जना स्वतन्त्र उम्मेदवारको एक जना प्रतिनिधि राख्ने सहमति जुटेपछि मतगणना सुरु भएको हो ।
काठमाडौं महानगरपालिका नेकपा एमालेबाट केशव स्थापित मेयर र सुनिता डंगोल उमपेयरका उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह मेयरमा र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उपमेयरको उम्मेदवार बनेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५४ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि भने ३० जनाले उम्मेदवारी दिएका छन् ।
तीन लाख २४२ मतदाता रहेको काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्