Techie IT
शनिबार, वैशाख ६,२०८२

गोरखाको ताराखसेमा गोली चल्यो, कर्मचारी घाईते


गोरखा। गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर २ गाविस भबन ताराखसे मतदान केन्द्रमा गोली चलेको छ ।

ब्यक्तिले चलाएको गोली लागेर सोही केन्द्रमा खटिएका सहायक कर्मचारी मनिसा थापा मगर घाईते भएकी छिन् । उनको तिघ्रामा गोली लागेको मतदान अधिकृत बालकुमार नेपालीले बताए ।

करिब चार बजेर ३५ मिनेट गएको थियो, म र मनिसा थापा सँगै थियौँ, उहाँ एक्कासी ढल्नुभयो, गोली लागेको रहेछ’ उनले भने ‘कसले गोली हान्यो भन्ने यकिन भएको छैन ।’ त्यसयता मतदान प्रक्रिया रोकिएको छ ।

कर्मचारी र स्थानीय त्रासमा रहेको मतदान अधिकृत नेपालीले बताए ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545