एमालेले विकास र समृद्धिको पक्षमा बाटो कोरेको भन्दै मतदाताले हौसला दिए : दिनेश महर्जन

एमालेले विकास र समृद्धिको पक्षमा बाटो कोरेको भन्दै मतदाताले हौसला दिए स् दिनेश महर्जन काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा राजनीतिक दलले घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्वर ४ का अध्यक्षका उम्मेदवार दिनेश महर्जनले आफुले गर्ने कामको प्रतिबद्धतासहित घरदैलो अभियानलाई तिब्रता दिएका हुन्।
चुनाव जिते ५ बर्षको अवधिमा सुशासन, भौतिक विकास, सार्वजनिक सम्पतिको संरक्षण, स्वास्थ्य बिमा कार्यक्रम, प्राकृतिक विपद तथा महामारी नियन्त्रण, वातावरणको संरक्षण, अशक्क्त तथा ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था, शिक्षा तथा सामुदायिक विद्यालयको स्तरोन्नती का लागि आफुले काम गर्ने बताएका छन् ।
जनताका न्युनतम आधारभूत आवश्यकता नै आफनो चुनावी एजेन्डा भएको बताउने दिनेशलाई घरदैलो अभियानमा मतदाताले, परिर्वतन र विकासको पक्षमा मत दिने बताएका छन् । एमालेले विकास र समृद्धिको पक्षमा बाटो कोरेको भन्दै मतदाताले हौसला दिएको उनले बताए ।
घरदैलो अभियानमाम नेकपा प्रदेश सदस्य नारायण सिलवाल, अध्यक्षका उमेदवार दिनेश महर्जन, दलित महिला सदस्य कल्पना सार्की बयलकोटी, महिला सदस्य पूर्णदेवी खनाल, खुला सदस्य नविन मैनाली, खुल्ला सदस्य सरु अधिकारी , जिल्ला कमिटिका सदस्य, नगर कमिटिका सदस्य साथै नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #दिनेश महर्जन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्