चन्द्रागिरिमा ५६ मतदान केन्द्र, ४७ हजार २६४ मतदाता

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ५६ मतदान केन्द्र राखिने भएको छ । काठमाडौं प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि २२ मतदानस्थलमा ५६ मतदान केन्द्र राखिने चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन् ।
चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये नगरप्रमुखमा २० र उपप्रमुखमा आठजनाले उम्मेदवारी परेको निर्वाचन अधिकृत थपलियाले बताइन् ।
चन्द्रागिरि नगरपालिकाको स्थानीय निर्वाचनमा पाँच राष्ट्रिय राजनीतिक दल, १० जिल्ला तहका सङ्गठन र नौ स्वतन्त्र उम्मेदवारले भाग लिएका छन् ।
निर्वाचन अधिकृत थपलियाले पछिल्लो समय निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको बताउनुभयो । यस्तै, अब चाँडै नै मतदान अधिकृतका लागि तालिम प्रदान गर्ने निर्वाचन अधिकृत थपलियाले बताइन् ।
काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ र मच्छेगाउँ गाविस मिलाएर बनाइएको चन्द्रागिरिमा १५ वडा रहेका छन् ।
उक्त नगरपालिका काठमाडौं उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो । स्थानीय तह निर्वाचनका लागि उक्त नगरपालिकामा कूल ४७ हजार २६४ मतदाता रहेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ ।
चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट घनश्याम गिरी र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका तर्फबाट रोशन दानीले उम्मेदवारी दिएका छन् भने नेकपा (एमाले) का तर्फबाट नगरप्रमुखमा उत्तमबहादुर राउत र उपप्रमुखमा वसन्ती श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्