Techie IT
सोमबार, वैशाख ८,२०८२

लागूऔषध गाँजाका बोटविरुवाहरु चितवन प्रहरीद्वारा नष्ट


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नंम्बर १० स्थित गेष्टहाउसको खालीचौरमा १० कट्टा जग्गामा आफै उम्रेको लागूऔषध गाँजाका बोटविरुवाहरु फडानी गरी नष्ट गरेको छ ।

अवैध रुपमा रहेका गाँजा प्रहरी र स्थानीयवासीको अगुवाइमा फडानी गरिएको चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाभर रहेका गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेको प्रहरीले गेष्टहाउसको खाली चौरमा आफैं उम्रेको गाँजा सोमबार फडानी गरेको हो ।

लागुऔषधविरुद्ध प्रहरीको अभियान अन्तर्गत जिल्लामा गाँजा फडानीको काम तीव्र पारिएको (एसपी) अधिकारीले जानकारी दिए । लागुऔषधविरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रम अन्तर्गत स्थानीयवासी समेतलाई सहभागी गराएर अभियान सञ्चालन गरिएको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्रसंग साझेदारी गरी जिल्लाभर नै लागुऔषधविरुद्धको कार्यक्रम सञ्चालन भइरहेको छ । उनले यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमीनमा गाँजाखेती गरिए कानूनी कारवाहीसमेत गर्ने बताए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545