Techie IT
शनिबार, वैशाख ६,२०८२

चागुनारायणमा बिना बास्तोलाको घरदैलो कार्यक्रम सुरु


नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा घरदैलो कार्यक्रम सुरु गरेको छ । हिजोदेखि औपचारिक रुपमा सुरु गरेको कार्यक्रममा वडा नम्बर २ स्थित दुवाकोट चोकबाट घरदैलो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रममा निर्वतमान उपप्रमुख तथा प्रत्यासी नगरप्रमुख उम्मेद्वार विना बास्तोला, उपप्रमुख रमेश बुढाथोकी , वडा नम्बर दुईका वडाध्यक्ष मनोज केसीसहितका टोलीको सहभागिता रहेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष उम्मेद्वार केसी, खुल्ला सदस्य उमेश प्रधान, टेक बहादुर लाखाजु, महिला सदस्य राधादेवी माकाजु र दलित महिला सदस्य सीता मिजारले उम्मेद्वारी दर्ता गरेका छन् ।

अघिल्लो पटकको स्थानीय तहमा सो वडाध्यक्षमा नेपाली काँग्रेसका शिवहरी केसी विजयी भएका थिए ।

वडागत रुपमा सञ्चालन भएको सो अभियान नगरप्रमुख र उपप्रमुखको उपस्थितीमा सबै वडामा क्रमश हुने र अन्य दिन वडाका उम्मेद्वारद्धारा आआफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन हुने नगरकमिटीका अध्यक्ष रामप्रसाद तिमिल्सिनाले बताए ।

चाँगुनारायण नगरपालिकाको ९ वडामध्ये अघिल्लो स्थानीय तहको चुनावमा मेयर र उपमेयर सहित चार वटा वडामा नेकपा एमालेले विजयी गरेका थिए । बाँकी पाँच वटा वडामा नेमकिपामाले एउटा र चार वटामा काँग्रेसले विजयी हासिल गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #बिना बास्तोला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545