Techie IT
बुधबार, वैशाख १०,२०८२

काठमाडौंमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित


काठमाडौं । काठमाडौं महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १–१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

यसरी निर्वाचित हुनु हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार छन् । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेदवारी परेको थियो भने वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:29 am6:34 pm +0545