बिना बास्तोलालाई जिताउन महेस बस्नेत सङसङै
चाँगुनारायणमा बास्तोलालाई जिताउने बस्नेतले मागे भो
नेकपा एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेतले चाँगुनारायण नगरपालिकाका नगर प्रमुखका प्रत्यासी उम्मेद्वार विना बास्तोलाको लागि स्थानीयसँग भोट मागेका छन् । वडा नम्बर १ सरस्वती खेलको घरदैलो कार्यक्रम र पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्न पुगेका बस्नेतले बास्तोलालाई जिताउन स्थानीयसँग अनुरोध गरेका हुन् ।
‘महिलाको सम्मान गर्दै हामीले यस वडाको महिलालाई नेतृत्व दिएका छौँ । आधा आकाश ढाक्ने महिलाले उहाँलाई भोट दिनु पर्छ । नत्र यहाँको महिलालाई पाप लाग्नेछ,’ उनले भने, ‘यस क्षेत्रमा विकास, सुशासन र समृद्धिको लहर ल्याउनको लागि उहाँको उम्मेद्वारी दिएका छौँ । जुन गठबन्धनले गर्न सकेको छैन ।’
उनले गठबन्धन महिलाको लागि नभई पुरुषको लागि गरिएको आरोप लगाए । गठबन्धनको भागबन्डा महिलालाई स्थान नदिएको उनले बताए । त्यसैले महिलालाई उत्पीडन र हेपेको उनले बताए ।
उनले अघिल्लो स्थानीय तहको निर्वाचनलाई स्मरण गर्दै भने, ‘हामीले माओवादी केन्द्र र एमालेलाई मिसायाँै । धेरैले या त तोरी र कोदोको गेडा जस्तै भयो भने । हेर्दा उस्तै पिस्दा न तेल आउँछ । न त पिठो । केबल पिना मात्रै आउँछ । गाईबस्तुलाई मात्रै काम लाग्छ । हामीले उप निर्वाचनमा पूर्व माओवादीबाट डिपी ढकाललाई उठायौँ । तर उहाँले यस नगरपालिकाबाट ७ सय भोट मात्रै पाउनु भयो । बाँकी १२ हजार भोट नेकपा एमालेकै थियो ।’
एमालेलाई हराउनको लागि गठबन्धन ल्याएको हो । उनका अनुसार माओवादी बालुवा हो । एमालेको हलुवासँग मिसेर हलुवालाई बालुवा बनाएको छ । हामीले त्यसलाई केलाई केलाई निकालेर फालेका छौँ । आज माओवादी काँग्रेसमा हलुवामा बालुवा मिसाउन गएको छ । माओवादी मात्रै होइन एमालेका नेपाल पक्षधर पनि बालुवा मिसाउन गएको छ । हामीलाई हाइसन्चो भएको छ । एउटा भनाई छ बडाल्नु पर्ने कसिंगरलाई हावाले उडाएर गयो । हामीले बडालेर फाल्नु पर्ने थियो । तर हावाले नै उडाएर लग्यो । माधव नेपाल र प्रचण्डले हाम्रो सरकार ढाल्यो । केपी ओलीको राजनीतिक यात्रा अन्त्य गर्न खोज्यो । प्रधानमन्त्रीको पद फाल्यो । सुर्य चिन्ह खोस्न खोज्यो । तर हामी बलियौँ भयौ । अव हामीले थप कम्युष्निट आन्दोलन गर्न सक्छौँ । युवाहरुको साथ, सहयोग र विश्वासले थप प्रेरणा मिलेको छ ।
नेकपा एमाले के हो र पाँच वर्षको अवधिमा के गरेको छ भनेर यहाँका स्थानीयले प्रत्यक्ष अनुभव रहेको उनले सुनाए । मजदुर किसान पार्टीले २५ वर्षसँँम्म निरन्तर जित हासिल गर्दै आएको छ । तर गत वर्ष प्रदेश र स्थानीय तह दुबैमा नेकपा एमालेले जित हासिल गरेको छ । प्रदेश सभाका सांसद हरिशरण लामिछानेको मृत्युपछि उहाँको सपना पुरा गर्नको लागि नगरप्रमुख सोम प्रसाद मिश्र र उपप्रमुख विना बास्तोला लागिपरेको छन् र विकास निर्माणको कार्य तीव्र गतिमा भएको उनले बताए ।
नेकपा जहाँ आयो त्यहाँ सुखी, खुसी, समृद्धि र विकास आउने उनले बताए । नगरपालिकामा पहिले आएपनि यस वडामा आउन सकेको थिएन । त्यसैले विकासमा कांग्रेसले बाधा हाले । अव यही वडाको महिलाले यस क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे ।
घरदैलो कार्यक्रममा सो वडाबाट ५९ जना युवाले पार्टी प्रवेश गरेको वडा कमिटिले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्