समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

चितवन । ईलाका प्रहरी कार्यालय फुलवारी चितवनको आयोजनामा (आइतबार) समुदाय – प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज आइतबार भरतपुर महानगरपालिकाको वर्डा नम्बर १५ स्थित अतिथी पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा पश्चिम चितवनका वडाध्यक्षहरु, स्थानीय बुद्धिजीवी लगायतहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले राजनैतिक दलका प्रतिनिधी तथा विभिन्न संघसंस्थामा आवद्ध ब्यक्तित्वहरुको सहभगीतामा विभिन्न अपराधिक घटनाहरु, सवारी दुर्घट्ना र सम्भावित अन्य घटनाहरु न्यूनीकरण, आसन्न निर्वाचन आचारसंहिताको कार्यान्वयनका अवस्थामा स्थानीय स्तरमा प्रहरीबाट सम्पादन भएका कार्यहरु प्रति नागरिकका प्रतिक्रिया, गुनासा, एवं प्रहरी प्रति आम नागरिकको अपेक्षा लगायतका अपराध सहित समाज निर्माणको लागी अपनाउनुपर्ने उपायहरुको बिषयमा छलफल गरिएको थियो ।
समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेको शान्त र सुरक्षित समाजका निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो विषयमा आमनागरिक पनि त्यत्तिकै सजग रहनुपर्ने प्रहरी प्रमुख अधिकारीको भनाई रहेको थियो ।
समाजमा शान्ति सुरक्षाका लागि स्थानीय तह, स्थानीय व्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतीलाई हटाउनका लागि प्रहरी र स्थानीयबीचको सम्बन्ध जरूरी रहेको बताउँदै उनलेे आमनागरिकहरु सँग हातेमालो गर्दै समाजमा शान्ति सुरक्षा कायम गरी अपराधरहित समाज र सुव्यवस्था स्थापित गर्न नेपाल प्रहरी दिन प्रतिदिन सफल हुँदै गइरहेको समेत बताए ।
नेपाल प्रहरीले अंगीकार गरेका विभिन्न अवधारणाहरुले समाजसँग नेपाल प्रहरी बढी भन्दा बढी घुलमिल हुँदै गएको र जनताको प्रहरीप्रतिको विश्वासमा समेत वृद्धि भएकाले अब समाजमा गलत काम गर्नेहरु लुकेर बस्न नसक्ने समेत उनको भनाइ थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्