Techie IT
सोमबार, वैशाख ८,२०८२

चितवनबाट ७० केजी लागूऔषध गाँजासहित एक जना पक्राउ


चितवन । चितवन प्रहरीले झन्डै ७० केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका ३ धमिली बस्ने २६ वर्षीया सुजन प्रजा रहेका छन् ।

उनलाई अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले आज शुक्रबार बिहान २ बजेको समयमा राप्ती नगरपालिका १ स्थित परेवाकोटबाट पक्राउ गर्न सफल भएको हो । बोरामा बोकेर लागूऔषध गाँजा ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ परेका उनीविरुद्ध लागूऔषध ओसारपसार कसुरमा थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए । उनलाई अहिले आवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालय खैरहनीमा बुझाइएको छ । पछिल्लो समय चितवन प्रहरीले जिल्लाको विभिन्न स्थानहरूमा हुने गरेको लागूऔषध ओसारपसारमा विशेष निगरानी बढाउदै समेत आएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545